Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चट्याङ लागेर तीन वर्षीय बालकको ज्यान गयो , अन्य दुई जना घाइते - Brighter Network


असोज ९ गते । दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्  । चट्याङ लागेर गम्भीर घाइते भएका घोराही उपमहानगरपालिका –११ खुङ्कोट निवासी तीन वर्षीय बालक समीर साहुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 


प्रहरीका अनुसार बालकको घोराहीस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको हो । चट्याङ्बाट मृतक समिरको आमा ४२ बर्षीया निमकली साहु र ६ बर्षिया दिदी सविना साहु घाइते भएका छन्  । 


उनीहरूको घोराहीस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मङ्गलबार दिउँसो ३ बजेतिर घरमा चट्याङ लाग्दा उनीहरु घाइते भएका हुन्  ।

Top Post Ad

post bottom ads

Ads Bottom