Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

१ करोड ३५ लाख मुल्य बराबरको अवैध लत्ताकपडा सहित २ जना पक्राउ - Brighter Network


आश्विन ४, मकवानपुर प्रहरीले १ करोड ३५ लाख मुल्य बराबरको अवैध लत्ताकपडा सहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।


प्रहरी उपरिक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नंबर–१५ रातोमाटे चेकपोष्टमा भारतीय नम्बर प्लेटको ट्रक चेकजाँच गर्दा उक्त मूल्य बराबरका अवैध लत्ताकपडा बरामद गरेको हो ।


प्रहरीका अनुसार सुनसरीबाट काठमाण्डौ जाँदै गरेको उक्त ट्रकमा आलूको भन्सार बिल काटेर ७४ बोरा लत्ताकपडाहरु ल्याइएको थियो । २ सय ५६ बोरा आलू भित्र तयारी कुर्ता, रोल सहितको सर्ट पाइन्ट लुकाएर ल्याएको अवस्थामा बरामद गरिएको प्रहरी उपरिक्षक रिजालले बताउनुभयो ।


प्रहरीले ट्रकका चालक भारत, बिहार राज्य, जिल्ला मोतिहारी, पुर्वी चम्पारण सपही बस्ने बर्ष ३० का जन्दार आलम र सोही स्थानका सहचालक बर्ष १९ का मुना मियालाई पक्राउ गरेको छ ।


भन्सार छलि ल्याईएका लत्ता कपडाहरु, आलुका बोराहरु र भारतिय ट्रक समेतलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom