Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपालबाट भारततर्फ लागूऔषध तस्करी गर्ने नेपाली महिला भारतबाट पक्राउ - Brighter Network


असोज २ गते।  प्रतिबन्धित लागूऔषध चरेससहित एक नेपाली महिला भारतीय सीमावर्ती बजार रुपैडिहामा पक्राउ परेको रुपैडिहा प्रहरीले जनाएको छ।  


रुपैडिहा थाना इन्चार्ज शमशेरबहादुर सिंह र एसएसबी ४२ औँ बाहिनीका उप कमाण्डेन्ट रमनलालको संयुक्त टोलीले खानतलासी गर्दा पाँच सय ग्राम चरेससहित रोल्पा मिरुल वडा नम्बर ४ बस्ने सीताकुमारी बुढालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  


बुढाका साथबाट बरामद गरिएको चरेशको अन्तर्राष्ट्रिय मूल्य १५ लाख रुपियाँ रहेको एसएसबी ४२ औँ बाहिनीका कमाण्डेन्टले जनाएका छन् ।    बुढा र बरामद चरेसलाई थप कारबाहीको लागि भारतीय अदालत बहराइच पठाइएको  छ।  


यसै साता रुपैडिहास्थित एसएसबीको ४२औँ बाहिनीका इन्स्पेक्टर सत्येन्द्र सिंहको नेतृत्वमा रहेको गस्ती टोलीले रुकुमको सिस्ने गाउँपालिका वडा नम्बर ५ का बरीलाल घर्ती र उनकी पत्नी नरमाया घर्तीलाई दुई किलो १६० ग्राम लागूऔषध अफिमसहित पक्राउ गरेको थियो।

Top Post Ad

post bottom ads

Ads Bottom