Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सहकारी पीडितहरूको रकम फिर्ता गराएरै छाड्छौँ : सांसद पौडेल


पोखरा, आश्विन १९ गते । गण्डकी प्रदेश सांसद सुधीर पौडेलले  सहकारी पीडितहरूको रकम फिर्ता गराएरै छाड्ने बताएका छन् । 


सांसद पौडेलले आज पोखरामा आयोजित अर्जुनचौपारी पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभामा बोल्दै विभिन्न सहकारीहरूबाट ठगिएकाहरूको रकम अहिलेको सरकारले जुनसुकै हालतमा फिर्ता गराएरै छाड्ने बताएका हुन्  ।  साथै उनले वर्तमान समयमा पनि अर्जुनचौपारी पोखरा सहकारी संस्थाले शेयर सदस्यको मन् जित्दै अगाडी बढेकोमा एउटा बलियो सहकारीको रुपमा उभिएको भन्दै बधाई व्यक्त गरे  


साथै उनले  देशमा देखिएका विसङ्गति र समस्या समाधानकै निमित्त वर्तमान सरकार गठन भएको समेत बताए  । 


साथै सांसद पौडेलले वर्तमान समयमा देश विकासका निमित्त समेत वर्तमान गठबन्धनको सरकार आवश्यक रहेको औँल्याए । 

Top Post Ad

post bottom ads

Ads Bottom