Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जुनसुकै ओहदाको व्यक्ति भए पनि सहकारी ठगलाई कानुनी दायरामा ल्याएरै छाड्छौँ - सांसद राजु थापा

 

पोखरा, आश्विन १९ गते । सङ्घीय सांसद राजु थापाले  सहकारी पीडितहरूलाई न्याय दिलाएरै छाड्ने बताएका छन् । 

स्याङ्जा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद थापाले आज पोखरामा आयोजित अर्जुनचौपारी पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभामा बोल्दै उक्त कुरा बताएका हुन् । 

जुनसुकै राजनीतिक दल र जुनसुकै ओहदाको व्यक्ति भए पनि सहकारीमा सर्वसाधारणले सँगालेको बचत रकम दुरुपयोग गर्नेलाई सजाय दिलाएरै छाड्ने बताए । 

साथै उनले  देशले वर्तमान  समयमा बेहोरिरहेको बाढी पहिरोको सामना गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् । 

सांसद थापाले सानोतिनो क्षमताले देशले नभ्याउने प्रकारको विपत्तिमा केही समूहले राजनीतिक सौदाबाजी गर्न तर्फ लागिपरेको भन्दै यस दुखद घडीमा सबै राजनीतिक दल र सबै निकायले मिलेर सामना गर्नुपर्ने तर्फ जोड दिए । 

Top Post Ad

post bottom ads

Ads Bottom