Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तीव्र गतिका तीन वटा सवारी एक आपसमा ठोक्किँदा २८ जना घाइते, ६ जनाको अवस्था गम्भीर - Brighter Network


आश्विन २४, मकवानपुरमा तीन वटा सवारी एक आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन्।


भीम फेदी गाउँपालिका वडा नम्बर ४ गोल्फिनबेसीमा काठमाडौँबाट जनकपुर जाँदै गरेको बा. ३ख २७२३ नम्बरको मिनिबस र हेटौँडाबाट काठमाडौँ जाँदै गरेको बा. २ ज ९८३ नम्बरको ट्याक्सी ठोक्किएर दुर्घटना भएको थियो ।बा. २ज ८० नम्बरको अर्को ट्याक्सी पनि दुर्घटनामा परेका सवारीसँग ठोक्किएको प्रहरीले जनाएको छ ।


घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गम्भीर घाइते ६ सहित आठ जनालाई थप उपचारका लागि चितवन पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom