Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यात्रुवाहक रात्रि बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गयो , १२ जना घाइते - Brighter Network


आश्विन ३०, कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडीका लागि सवार बस डडेलधुराको खसरेकाेखानमा गएराति दुर्घटनामा परेको छ ।


दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।


पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएकाे हो ।


दुर्घटनामा परी अरु १२ जना घाइते भएकाे प्रारम्भिक अनुमान प्रहरीको छ।


घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको डडेलधुरा प्रहरीले जनाएको छ ।


मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना सम्बन्धि विस्तृत विवरण आउन बाँकी छ ।

Top Post Ad

post bottom ads

Ads Bottom