Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा सकेट बम विस्फोट हुँदा एक जना घाइते - Brighter Network



स्याङ्जा।  स्याङ्जामा सकेट बम विस्फोट हुँदा एक जना घाइते भएका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिका वडा नं.-०४ पुरी गाउँ बस्ने ४५ वर्षीय  गोविन्द पुरीको घरमा अचानक सकेट बम विस्फोटन भई घरमा सामान्य क्षति हुनुका साथै पुरी घाइते भएका हुन् । उनी अवकाश प्राप्त भू.पु. नेपाली सेना समेत हुन् । 


प्रहरीका अनुसार  उनको ३ तले कच्ची घरको दोस्रो तलामा पुराना भाँडावर्तनहरु फाल्ने क्रममा अचानक सकेट बम विस्फोटन भएको थियो ।

पुरीको बायाँ आँखा भन्दा मुनी, बायाँ खुट्टा र नाइटो भन्दा तल चोट लागेको छ ।


घटनास्थलबाट  High explosive PEK - ९०० ग्राम ,डेटकड थान -२ (दुई) (१.५ मिटर)

, जङ्गी राउन्ड थान-१ (एक) (7.62MM),खाली खोका – २ (दुई) थान बरामद भएको छ ।


प्रहरीले पुरीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom