Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बाम्फोक प्रहार गरी बाबुको हत्या गर्ने छोरा पक्राउ - Brighter Network


असोज १८ गते ।
ताप्लेजुङको मिरिङ्देन गाउँपालिका-१ ओख्रेमा आफ्नै बाबुलाई बाम्फोक प्रहार गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

प्रहरीले ३२ वर्षीय सुमन ओख्रावु लिम्बुले आफ्नै बाबुलाई बाम्फोक प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो  । 

असोज १७ गते बिहान घरायसी वाद विवादको क्रममा ५५ वर्षीय श्याम ओख्रावु लिम्बुलाई उनकै छोरा सुमनले धारिलो हतियार बाम्फोक प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको थियो ।  

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले बाबुको हत्यामा संलग्न छोरालाई घटनामा प्रयोग भएको बाम्फोक सहित पक्राउ गरेको हो  । 

हत्यामा संलग्न रहेका लिम्बुको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom