Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठमाडाैंबाट छुटेको यात्रुबाहक बस भिरपानीमा दुर्घटनाग्रस्त , १७ वर्षीय युवतीको ज्यान गयो , १२ जना घाइते - Brighter Network


आश्विन २२,  काठमाडाैंबाट सिन्धुलीका लागि छुटेको यात्रुवाहक बस रामेछाप दुर्घटना भएको खबर छ । 


सिन्धुलीको अमारेका लागि छुटेको बस साँझ बेलुका ६ बजे रामेछापको खाँडादेवी गाउँपालिका ३ भिरपानीमा प्र ३–०१–००५ ख ९५७९ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । 

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका ६ कि १७ बर्षीया युनिसा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुर्घटना परि घाइते श्रेष्ठलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

अचानक ब्रेक फेल भएर बस दुर्घटना भएको रामेछाप प्रहरीले रामेछाप प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका वडा नं. ०६ अमारे बस्ने वर्ष अन्दाजी २७/२८ की शोभा थापा, सुनकोसी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २० की मनीषा रम्तेल, सोही स्थानकी १९ वर्षीय आयुस्मा श्रेष्ठ, वर्ष २६ की सरिता चौलागाई, वर्ष १७ की सविता न्यौपाने, वर्ष २७ की इन्दिरा रिमाल, वर्ष १७ की सावित्री न्यौपाने, वर्ष १९ की उमा न्यौपाने, वर्ष १३ की आकृति बयलकोटी, वर्ष २० की मनीषा रम्तेल, वर्ष ७ कि प्रीति रिमाल र वर्ष ३२ की मनिकला ढकाल रहेका छन् ।


उनीहरूको उपचारका लागि सिन्धुलीका विभिन्न अस्पतालमा पठाइएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom