Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रवि लामिछाने र छविलाल जोशीलाई अनुसन्धानका लागि सात दिन म्याद थप - Brighter Network


कात्तिक ८ गते । पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई अनुसन्धानका लागि सात दिन म्याद थप भएको छ । 

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । कात्तिक २ गते पक्राउ परेका  लामिछानेलाई यसअघि गएको आइतबार अदालतले छ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएकोमा म्याद बुधबार सकिएको थियो । 

असोज ६ गते पक्राउ परेका जोशीको म्याद पनि हिजो नै  सकिएको थियो । सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शनसहित देशका विभिन्न सहकारीबाट ६५ करोड रुपियाँ रकम अवैधानिक रुपमा गएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ । 

सूर्यदर्शनको मात्रै पाँच करोड ५८ लाख रकम गोरखा मिडियामा गएको विभिन्न प्रतिवदेनले देखाएका छन् ।सहकारीबारे संसदीय समितिको सिफारिसबमोजिम छानबिन गर्न लामिछाने र जोशीलाई पक्राउ गरिएको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom