Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुई लाख रुपियाँ मूल्य बराबरको सिक्किमे रम प्रहरीको नियन्त्रणमा - Brighter Network


कात्तिक ७ गते । ताप्लेजुङमा भन्सार छली गरेर ल्याउँदै गरेको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी चेकजाँच गर्ने क्रममा फेला परेको दुई लाख रुपियाँ मूल्य बराबरको सिक्किमे रम (मदिरा) प्रहरीले नियन्त्रणमा लिएको हो ।


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको मेवाखाबाट उक्त नियन्त्रणमा लिइएको हो । इलामको फिक्कलबाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको मे १ च ४२१४ नम्बरको पिक अप गाडी चेकजाँच गर्ने क्रममा उक्त अवैध मदिरा फेला र मदिरासँगै दुई जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।


पक्राउ पर्नेमा सवारी चालक झापाको बुद्ध शान्ति गाउँपालिका–३ का २३ वर्षीय सनम राई र सामानका धनी सोही वडाका ३७ वर्षीय महेन्द्र बर्देवा रहनुभएको छ । प्रहरीका अनुसार मिनिरल वाटर (पानीको बोतल) ले छोपेर भन्सार छली गरी लुकाई छिपाई ल्याउँदै गरिएको प्रोड्युस अफ इन्डिया सिक्किम कञ्चन लेखिएको मदिरा रहेको छ । 


बरामद भएको अवैध सिक्किमे मदिराको परिमाण ७५० मिलिलिटर भएको ६०० वटा बोतल रहेको छ । मदिरा र नियन्त्रणमा लिएको गाडी समेतको सात लाख रुपियाँ अनुमानित मूल्याङ्कन गरी अनुसन्धान र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पशुपतिनगर इलाम पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ले जनाएको छ । 


भन्सार छली गरेर ल्याउँदै गरेको अवैध सिक्किमे मदिरा नियन्त्रणमा लिँदै प्रहरी ।

Top Post Ad

post bottom ads

Ads Bottom