सांकेतिक तस्विर |
पोखरा , कार्तिक १२ गते । पोखरामा पटका बनाउने क्रममा एक जना बालक घाइते भएका छन् ।
पोखरा महानगरपालिका वडा नं. २१ फुर्सेखोला रोइकरे बस्ने १७ वर्षीय असीम परियार पटका बनाउने क्रममा घाइते भएका हुन् ।
परियारले आल्मुनियमको पातामा २० बट्टा सलाईको काटिले पटका बनाउने क्रममा अचानक पड्किन जाँदा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते परियारलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकोमा थप उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौँ रिफर गरिएको छ । उनको शरीरको विभिन्न स्थानमा चोट लागेको र मध्यम बोल्न सक्ने अवस्थामा रहेको कास्की प्रहरीले जनाएको छ ।
घटना भएको उक्त स्थानमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई गई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।