Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा मोटरसाइकल दुर्घटनामा घाइते भएका पौडेललाई उपचारका लागि पोखरा ल्याइयो - Brighter Network


आश्विन ८ गते ,  स्याङ्जामा बिहीबार बिहान भएको  मोटरसाइकल दुर्घटनामा एक जना घाइते भएका छन्  ।


दुर्घटना हुँदा ग. १२ प. २२३२ नम्बरको मोटरसाइकल चालक जिल्ला स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं.-०२ चिलाउनेबास बस्ने  ४५ वर्षीय युवराज पौडेल घाइते भएका हुन् ।

स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं.-०४ सेपत स्थित कार्कीनेटा-नागडाँडा भित्री सडक खण्डमा चिलाउनेबास देखी नागडाँडातर्फ आउँदै गरेको ग. १२ प. २२३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग. १४ प. ९५६५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते पौडेललाई  उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाएको छ । उनको  दायाँ हात र दायाँ खुट्टामा चोट लागेको छ ।

दुवै मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom