Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पार्टीको चन्दा संकलनको रकम हिनामिना गरेको भन्दै आफ्नै सहकर्मीको हत्या आरोपमा दुई जना पक्राउ - Brighter Network


कात्तिक ९ गते । कपिलबस्तुमा चन्दा संकलनको रकम हिनामिना गरेको आरोपमा एक समूहले आफ्नै सहकर्मीको हत्या गरेको खुलेको छ ।


 नेकपा (माओवादी) का महाविर समुहमा आवद्ध  कपिलबस्तुमा  शंकलित चन्दा रकम हिनामिना गरी पार्टीलाई हिसावकिताव नबुझाएको आरोपमा आफ्नै सहकर्मी दिनेश भन्ने जयप्रकाश यादवको हत्या गरेको खुलेको हो । 


जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टका अनुसार हत्या आरोपमा नेकपा (माओवादी) महावीर समूह कपिलबस्तुको जिल्ला सेक्रेटरी ४७ वर्षिय रमेश श्रेष्ठ र समुहका कपिलवस्तु जिल्लाको महिला विभाग प्रमुख ४६ वर्षिया मनकला थारुलाई पक्राउ गरिएको बताउनुभयो । 


यादवको  कपिलवस्तु जिल्लाको जिल्ला सेक्रेटरी श्रेष्ठको योजनामा हत्या गरिएको प्रहरी उपरीक्षक भट्टको भनाइ छ । यादव नेकपा (माओवादी) महावीर समूहको  कपिलवस्तु ईलाका नं. १०  विजयनगर गाँउपालिकाको ईलाका इन्चार्ज रहेको प्रहरीले जनाएको छ । 


प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार मृतक यादवको शव बिजयनगर गाँउपालिका –२ खडैचा भैसीघाटस्थित चिरईखोलाको किनारामा कम्मरदेखि माथिको भाग बालुवाले पुरिएको अवस्थामा भेटिएको बताउनुभयो । 


पक्राउ परेका दुबै जनालाई कपिलबस्तु अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । 

Top Post Ad

post bottom ads

Ads Bottom