Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तीन राउन्ड गोली र एक थान पेस्तोलसहित एक जना पक्राउ - Brighter Network

फाइल तस्विर 

आश्विन ३०, जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित आज एक जनालाई पक्राउ गरेको छ ।


काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङले हतियार बोकी हिडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको जनाएको छ ।


प्रहरी टोलीले घरबाटै तीन राउण्ड गोली लोड भएको मेडइन यूएसए लेखिएको पेस्तोलसहित तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । म्याद थप गरी  तामाङमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom