Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भिमफेदीमा साँझ भएको सडक दुर्घटनामा ६ जना गम्भीर घाइते - Brighter Network


असोज २३ गते । मकवानपुरको भैंसे–भिमफेदी सडक खण्डको भिमफेदी–४ गोल्पिङमा बुधवार साँझ सवारी दुर्घटना हुँदा छजना गम्भीर घाइते भएका छन । 


साँझ सात बजेको समयमा हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरका लागि आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनी बस एक आपसमा ठक्कर खाई पुन हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी समेत ठोकिन गई दुर्घटना भएको हो । 


सवारी दुर्घटनामा बस सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । दुर्घटनामा परेकाहरूको नामथर वतन नखुलेको प्रहरीको भनाइ छ । सबै घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Top Post Ad

post bottom ads

Ads Bottom