Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट गाँजा बरामद - Brighter Network


आश्विन २२, मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट गाँजा बरामद गरेको छ ।


प्रहरी चौकी रातो माटेबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातो माटेबाट मङ्गलवार बिहान गाँजा सहितको ट्याङ्कर नियन्त्रणमा लिएको हो ।


पालुङबाट वीरगन्ज तर्फ ज्यादै गरेको ना ७ ख १७७१ को ट्याङ्कर गाडीलाई विशेष सूचनाको आधारमा रोकी चेकजाँच गर्ने क्रममा तीन सय ९२ केजी लागू औषध गाँजा बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।


प्रहरीले ट्याङ्कर चालक मनहर गाउँपालिका वडा नं. ९ ज्यामिरे बस्ने वर्ष २६ का रोशन पुरी र सोही स्थानका सहचालक वर्ष २२ का धन बहादुर मल्ललाई पक्राउ गरेको छ ।


ट्याङ्करको पाँच वटा डिब्बाहरू मध्ये ३ नबम्को डिब्बाभित्र २५ वटा पोका बनाई रातो प्लास्टिकले बेरेको अवस्थामा गाँजा फेला परेको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom