Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो, दुई घाइते - Brighter Network


असोज २१ गते । मोरङको रङ्गेलीमा सोमबार दिउँसो ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।  


इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार रङ्गेली नगरपालिका –१ को भित्रि सडकमा प्रदेश १–०४–००१ त १००४ नम्बरको ट्याक्टरले को ६ प ६५४६ नम्बरको मोटरसाइकललाई दिउँसो साढे १२ बजेतिर  मोटरसाइकलले पैदलयात्री धनपालथान गाउँपालिका –६ का ४५ वर्षीय सिटुरु ऋषिदेवलाई ठक्कर दिएको थियो । 


मोटरसाइकलको ठक्करबाट सिटुरु ऋषिदेव गम्भीर घाइते हुनुभयो । मोटरसाइकल चालक धनपालथान १ का ४५ वर्षीय रामबहादु माझी र मोटरसाइकलमा पछाडि सवार माझीका पत्नी ३६ वर्षीया मङ्गली चौधरी घाइते हुनुभयो ।   


प्रहरी निरीक्षक खड्काले गम्भीर अवस्थामा अस्पलात लगिएका माझीको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो । प्रहरीका अनुसार ऋषिदेवको अवस्था गम्भीर र चौधरीको सामान्य छ । 


दुवै जनाको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालक धनपालथान –४ का २० वर्षीय रविन मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom