Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री समाज नेपालको बृहत् वंशावली ग्रन्थ विमोचन सम्पन्न - Brighter Network


स्याङ्जा, 
काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री वंशको बृहत् वंशावली ग्रन्थ विमोचन, सम्मान, वार्षिक साधारण सभा तथा अधिवेशन फेदीखिला    स्याङ्जामा सम्पन्न भएको छ । 

समाजले कार्तिक ३ गते फेदीखोलामा समाजका केन्द्रीय अध्यक्ष कृष्णबहादुर खड्का क्षत्रीको अध्यक्षतामा  भव्यताका साथ कार्यक्रम सम्पन्न गरेको हो।

उक्त कार्यक्रममा मिर्रेखोला क्लस्टरका शताब्दी पुरुष तुलबहादुर खड्का क्षत्री साथै विशिष्ट अतिथिहरूको रूपमा इतिहासविद् क्षत्री समाज नेपालका पूर्व अध्यक्ष प्रा.डा. डिलबहादुर क्षत्री, इतिहासविद् प्रा.डा. ज्ञानबहादुर कार्की एवम् खड्का क्षत्री महासमाज नेपालका केन्द्रीय अध्यक्ष केशरबहादुर खड्का क्षत्री रहनुभएको थियो ।

काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री वंशको इतिहासमा पहिलो पटक आयोजित यस कार्यक्रममा देशका विभिन्न क्लस्टरहरु– फेदीखोला, गोकेस, ललही, हडाहा, मिर्रेखोला, गुमार्दी, गुमार्दी (गैह्रा घर), रोजिखोला, कोखे, ओहिया, धौखोला, डाँडा कोट, जगतभन्ज्याङ, मिनाङकोट (वनपाला), मिनाङकोट (स्याङ्जा जिल्ला अन्तर्गत) हिरापुर (रुपन्देही), तनहुँसुर (तनहुँ), सुन्दरीजल (काठमाडौँ), चौरङ्गी (नवलपुर), फुटाहा (बर्दिया) र कुवापानी (प्युठान) क्लस्टरमा कुल पूजा गर्नुहुने केन्द्रीय समिति, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय युवा क्वालिटी सर्कल, विधान निर्माण तथा दर्ता समिति, बृहत् वंशावली ग्रन्थ निर्माण तथा प्रकाशन समिति, २१ ओटा क्लस्टरका कुल पूजा व्यवस्थापन समिति एवम् आजीवन सदस्यहरूसहित ३५० भन्दा बढी गोत्रीय दाजुभाइ, दिदीबहिनीहरूको उत्साहप्रद उपस्थिति रहेको थियो । 

प्रथम चरणको सुरुवातमा फेदीखोलाका बौद्धिक व्यक्तित्व हरिबहादुर खड्का क्षत्रीद्वारा स्वागत भाषण पश्चात् अध्यक्ष कृष्णबहादुर खड्का क्षत्री र अतिथि तुलबहादुर खड्का क्षत्रीले कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री वंशका पूर्वज तत्कालीन गोरखाका राजा मनोहर सिंह खड्का क्षत्री, प्युठानी पूर्वज उमराउ जयनन्द घिमिरे खड्का क्षत्री र सम्पूर्ण ज्ञात अज्ञात पितृहरूको योगदानको स्मरण गरिएको थियो । 

कार्यक्रममा ८० वर्ष उमेर पुगेका ९० गोत्रीय ज्येष्ठ नागरिक , विधान निर्माण तथा दर्ता समिति र बृहत् वंशावली निर्माण तथा प्रकाशन समितिका पदाधिकारीहरू, स्थानीय सफल आमा समूह, नवजागृति आमा समूह, परोपकार आमा समूह एवम् वंशावली निर्माण अभियानमा विशेष योगदान पुर्‍याउनुहुने फेदीखोलाका  केन्द्रीय अध्यक्ष कृष्णबहादुर खड्का क्षत्री, केन्द्रीय सल्लाहकार संयोजक– मेघबहादुर खड्का क्षत्री, केन्द्रीय न्यायिक संयोजक ओमबहादुर खड्का क्षत्री, केन्द्रीय कोषाध्यक्ष सु. धनराज खड्का क्षत्री, केन्द्रीय सचिव तथा स्थानीय जनप्रतिनिधि ना.सु. ख्यामबहादुर खड्का क्षत्री, केन्द्रीय सल्लाहकार द्वय हरिबहादुर खड्का क्षत्री, हनेरी क्याप्टेन लेखबहादुर खड्का क्षत्री, केन्द्रीय सदस्य दिलबहादुर खड्का क्षत्री, केन्द्रीय युवा क्वालिटी सर्कल संयोजक प्रकाश खड्का क्षत्री तथा वंशावली निर्माण अभियानमा निरन्तर योगदान पुर्‍याउनुहुने दाजुभाइ दिदीबहिनीहरूलाई सम्मान गरिएको थियो । 

आफू र आफ्नो क्लस्टरबाट कार्यक्रममा सहभागी दाजुभाइ दिदीबहिनीहरूको सङ्क्षिप्त परिचय दिँदै केन्द्रीय कोषाध्यक्ष सु. धनराज खड्का क्षत्री (फेदीखोला), केन्द्रीय सल्लाहकार संयोजक मेघबहादुर खड्का क्षत्री (गोकेस), केन्द्रीय सचिव तुलबहादुर खड्का क्षत्री (मिर्रेखोला), केन्द्रीय सदस्य हनेरी क्याप्टेन इमानसिंह खड्का क्षत्री (गुमार्दी, गैह्रा घर), केन्द्रीय सदस्य नरेन्द्र विक्रम खड्का क्षत्री (हिरापुर), केन्द्रीय सदस्य हनेरी क्या. केशरबहादुर खड्का क्षत्री (रोजिखोला), प्रथम उपाध्यक्ष खेमकाजी खड्का क्षत्री (जगतभन्ज्याङ), केन्द्रीय सल्लाहकार सु. चित्रबहादुर खड्का क्षत्री (मिनाङकोट), केन्द्रीय सचिव खिमबहादुर खड्का क्षत्री (मिनाङकोट, वनपाला), केन्द्रीय सदस्य डोलबहादुर खड्का क्षत्री (चौरङ्गी), आजीवन सदस्य खुमबहादुर खड्का क्षत्री (कोखे), आजीवन सदस्य इन्स्पेक्टर ख्यामबहादुर खड्का क्षत्री (ओहिया), तृतीया उपाध्यक्ष ह.सु.मे. केशबहादुर खड्का क्षत्री (धौखोला), केन्द्रीय सदस्य सु. लोकबहादुर खड्का क्षत्री (डाँडा कोट), केन्द्रीय सचिव उत्तम बहादुर खड्का क्षत्री (सुन्दरीजल), केन्द्रीय द्वितीय उपाध्यक्ष प्रतापसिंह खड्का क्षत्री (तनहुँसुर) तथा केन्द्रीय चतुर्थ उपाध्यक्ष टङ्कबहादुर खड्का क्षत्री (कुवापानी) ले शुभकामना व्यक्त गर्नुभयो ।

मन्तव्यको क्रममा इतिहासविद् प्रा.डा. दिलबहादुर क्षत्रीले वंश इतिहासको महत्वबारे प्रकाश पार्दै सबै क्षत्रीहरू एकजुट भई आफ्नो जातिको अधिकार सुनिश्चित गर्न ढिला गर्नुहुँदैन भन्ने कुरामा जोड दिनुभयो । त्यसै गरी इतिहासविद् प्रा.डा. ज्ञानबहादुर कार्कीले खड्का क्षत्री र खस महाजातिबिच भएको अन्योन्याश्रित सम्बन्धको बारेमा चर्चा गर्दै खस सम्राज्यकालमा दर्जा/पेसाका आधारमा निर्माण भएका खड्का, कार्की, अधिकारी आदि थरहरूको विरासत गर्विलो रहेको तथ्य स्पष्ट पार्नुभयो । खड्का क्षत्री महासमाजका केन्द्रीय अध्यक्ष केशरबहादुर खड्का क्षत्रीले काश्यप गोत्रीय घिमिरे खड्का क्षत्री वंशको चार वर्ष लामो वंशावली निर्माण अभियानबाट आफू र महासमाज प्रभावित भएको र यस अनुकरणीय अभियान अन्य गोत्रका दाजुभाइ दिदीबहिनीलाई समेत प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो । 

अध्यक्ष कृष्णबहादुर खड्का क्षत्रीले ४ वर्षभन्दा बढी समय मिहिनेत गरेर प्रकाशन भएको बृहत् वंशावली ग्रन्थले आफूलाई जीवनको उत्तरार्धमा सबैभन्दा खुसी र सन्तुष्टि प्राप्त भएको बताउनुभयो । 

बृहत् वंशावली ग्रन्थका अवधारणकर्ता, प्रस्तोता, ग्रन्थकार एवम् महासचिव सोभिताबहादुर खड्का क्षत्रीले बृहत् वंशावली ग्रन्थको अन्तर्वस्तुबारे विवेचना गर्दै युगौँ युगसम्म सम्पन्न हुन नसकेको पुर्ख्यौली इतिहासको गहन अध्ययन अनुसन्धान मार्फत सामूहिक प्रयासमा बृहत् वंशावली ग्रन्थ प्रकाशन गर्न सफल भएको भन्नेबारे आफ्नो धारणा राख्नुभयो । 

सम्पूर्ण वक्ताहरूले बृहत् वंशावली ग्रन्थको गुणस्तर र ग्रन्थकारले निस्वार्थ रूपमा ४ वर्षभन्दा बढी समय खटेर वंशावली लेखन कार्यमा गर्नुभएको योगदान, ग्रन्थ लेखन समितिका सदस्य तथा उपमहासचिवहरू चोपेन्द्रबहादुर खड्का क्षत्री, गीर्वाण खड्का क्षत्री र पूजा खड्का क्षत्रीले गर्नुभएको मिहिनेतको प्रशंसा गर्नुभयो । 

दोस्रो चरणको साधारण सभा तथा अधिवेशनमा अध्यक्ष कृष्णबहादुर खड्का क्षत्री, महासचिव सोभिताबहादुर खड्का क्षत्री र कोषाध्यक्ष सु. धनराज खड्काले प्रस्तुत गर्नुभएको प्रतिवेदन उपर छलफल पश्चात् सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो । अध्यक्षद्वारा केन्द्रीय समिति, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय न्यायिक समिति, केन्द्रीय युवा क्वालिटी सर्कल, विधान निर्माण तथा दर्ता समिति र बृहत् वंशावली ग्रन्थ निर्माण तथा दर्ता समितिहरूको विघटन पश्चात् आजीवन सदस्य विष्णुबहादुर खड्का क्षत्रीले निर्वाचन संयोजकको भूमिका निर्वाह गर्नुभयो । उहाँले निम्न तदर्थ समिति लगायत अन्य सबै समितिहरूको कार्य सम्पादन उत्कृष्ट रहेको र यी सबै समितिहरूको पहलमा बृहत् वंशावली ग्रन्थ निर्माण तथा प्रकाशन भइसकेको हुँदा पुराना समितिलाई नै आगामी पाँच वर्षको लागि अनुमोदन गर्न पेस गर्नुभएको प्रस्ताव कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूद्वारा एकमतले अनुमोदन गरियो । निर्वाचन संयोजक विष्णुबहादुर खड्का क्षत्रीलाई सर्वसम्मत रूपमा सह न्यायिक संयोजकको रूपमा चयन गरियो ।  

केन्द्रीय समिति– ५८ जना + न्यायिक संयोजक – १ जना + सह न्यायिक संयोजक – १ जना, केन्द्रीय सल्लाहकार समिति – ४३ जना,  केन्द्रीय युवा क्वालिटी सर्कल – २१ जना,  संस्थाको विधान दर्ता प्रयोजनका लागि गठित समिति – २३ जना चयन भएका छन् । 

फेदीखोले अग्रजहरूको सक्रियतामा गठित निम्न उपसमितिहरूले कार्यक्रमलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न निकै सहज भएको थियो । उपसमितिमा आबद्ध फेदीखोले दाजुभाइ दिदीबहिनीहरूले निस्वार्थ रूपमा गर्नुभएको योगदान वक्ता तथा कार्यक्रममा सहभागी दाजुभाइ दिदीबहिनीहरूले प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । 

त्यस्तै उपमहासचिव गिर्वाण खड्का र उपमहासचिव चोपेन्द्रबहादुर खड्का द्वयले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अन्य उपसमिति देहायअनुसार चयन गरिएको छ : 

कार्यक्रम हल एवम् साउण्ड सिस्टम व्यस्थापन उप–समिति

संयोजक– सु धनराज खड्का क्षत्री, सदस्यहरू– प्रकाश खड्का क्षत्री, दिलबहादुर खड्का क्षत्री, मनबहादुर खड्का क्षत्री, सोमबहादुर खड्का क्षत्री

खाजा ब्यस्थापन एबम् बितरण उप–समिति
संयोजक– दिलबहादुर खड्का क्षत्री, सदस्यहरू– दलबहादुर खड्का क्षत्री, राजेन्द्र खड्का क्षत्री, सफल आमा समूह, नवजागृती आमा समूह, परोपकार आमा समूह

शान्ति सुरक्षा तथा स्वयंम सेवक परिचालन उप–समिति
संयोजक– ना. सु ख्यामबहादुर खड्का क्षत्री, सदस्यहरू– सु. घनबहादुर खड्का क्षत्री, दलबहादुर खड्का क्षत्री, विष्णु खड्का क्षत्री, ईमबहादुर खड्का क्षत्री, तुलबहादुर खड्का क्षत्री

अतिथि सत्कार उप–समिति
संयोजक– हनेरी क्या लेखबहादुर खड्का क्षत्री, देवबहादुर खड्का क्षत्री, सफल आमा समूह, नवजागृती आमा समूह, परोपकार आमा समूह, फदेलाबोट तथा फुस्रेखोलाका दिदीबहिनीहरु 
सचिवालय सम्पर्क एवम् समन्वय 
संयोजक: उप महासचिव पूजा खड्का क्षत्री
संयोजक: केन्द्रीय सचिव ना.सु. ख्यामबहादुर खड्का क्षत्री
संयोजक:  युवा क्वालिटी सर्कल केन्द्रीय संयोजक, प्रकाश खड्का क्षत्री
सदस्यहरू: विष्णुबहादुर खड्का क्षत्री, जमुना खड्का क्षत्री, राजकुमार खड्का क्षत्री, किशोर खड्का क्षत्री

प्रचार समिति एवम् प्रेस संयोजक– सोभितबहादुर खड्का क्षत्री/प्रकाश खड्का क्षत्री 
फोटोग्राफी– शुशान्त शमसेर खड्का क्षत्री





Top Post Ad

post bottom ads

Ads Bottom