Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकल जोगाउन खोज्दा भएको बस दुर्घटनामा १ जनाको मृत्यु , २६ घाइते - Brighter Network


आश्विन ४, कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।


कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ ।


घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।


उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom