Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बी'भ'त्स ढङ्गले ह'त्यागरी फ'रार रहेका युवक डेढ वर्षपछि प'क्राउ - Brighter Network


कात्तिक १० गते । सर्लाहीको हरिपूर्वामा एक भारतीय युवकको बीभत्स ढङ्गले हत्यागरी फरार रहेका युवक डेढ वर्षपछि पक्राउ परेका छन् । भारतीय नागरिक २६ वर्षीय शेखर सुमन भन्ने सिकु कुमारलाई धारिलो हतियारले घाँटी काटेर हत्या गरेको अवस्थामा २०८० वैशाख २६ गते हरिपूर्वा नगरपालिका–१, स्थित अनरजित महराको खेतमा शव फेला परेको थियो ।


सो घटनामा संलग्न भारतको बिहार राज्य सितामढी जिल्ला सोनवर्षा थाना पुरनदाहा ग्रामपञ्चायत राजवाडा बस्ने २७ वर्षीय धर्मेन्द्र रायलाई प्रहरीले डेढ वर्षपछि पक्राउ गर्न सफल भएको हो । 


उनलाई मलङ्गवा नगरपालिका–८, स्थित नेपाल–भारत सीमानजिक गोरखकालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार सिकुकुमारको हत्यामा छ जना संलग्न रहेको खुलेको छ । 


तीमध्ये यसअघि एक जना पक्राउ परेका थिए । चार जना अझै फरार नै रहेको र उनीहरूको खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार पक्राउ परेका धर्मेन्द्रले नै सिकु कुमारलाई मोटरसाइकलमा हालेर सीमावर्ती क्षेत्रनजिक पर्ने हरिपूर्वा ल्याएर छजना मिलेर हत्या गरेका थिए । 


धर्मेन्द्रलाई सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद लिएर घटनाको थप अनुसन्धान अघि बढाइएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom