Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु - Brighter Network

फाइल तस्विर

असोज २०, यहाँस्थित ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्युभएको छ ।


हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १ ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका-२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका-६ का करिब छ वर्षीय बालक अभिषेक बुढाको मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।


रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको थियो । मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उहाँसँगै बालक बुढा पनि मामाघर गइरहनुभएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom