Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी - Brighter Network


कात्तिक  ११, पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।


देवचुली नगरपालिका २ दुम्कौलीमा धनमाया राजवंशीले जंगलबाट ल्याएको च्याउ खाँदा परिवारका सदस्य बिरामी भएका हुन् ।


बिरामी हुनेहरुमा धनमाया सहित रिदिमा राजवंशी, बाबुलाल राजवंशी, रनमाया राजवंशी र मदन राजवंशी रहेका छन् ।


च्याउको तरकारी खाएका उनीहरुमा एक्कासि पेट दुख्ने, वान्ता हुने भएपछि उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लागिएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom