पोखरा - नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सङ्घले रगतको अभाव पूर्ति गर्न आरोग्य दिवस एवं धनवन्तरी जयन्तीको शुभ अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
२०८१ को राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरि जयन्ती लागि नारा “स्वस्थ जीवनशैलीमा सात्त्विक आहार, नागरिक अयोग्यताको मजबुत आधार” तय गरिएको थियो ।
नेपाल आयुर्वेद औषधि व्यावसायिक सङ्घ केन्द्रीय ४ प्रदेश संयोजक राजु कुमार पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वर्तमान समयमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग जस्ता जीवनशैली जन्य रोगहरूको प्रकोप बढ्दै गएको अवस्थामा सात्त्विक आहार र स्वस्थ जीवनशैली नै आरोग्ययताको मूल मन्त्र रहेको विषयका बारेमा चर्चा गरिएको थियो ।
नाडा गण्डकीका अध्यक्ष डा दीपक भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालक नाडा गण्डकी सचिव एवं रक्तदान कार्यक्रमको संयोजक रमेश चापागाईँले गर्नु भएको थियो ।
उपाध्यक्ष लक्ष्मी शर्मा चापागाईँले स्वागत गरेको उक्त कार्यक्रममा नाडाका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्ण राउत , अल नेपाल होमियोप्याथिक गण्डकी प्रदेश अध्यक्ष डा विष्णु प्रसाद चापागाईँ , रेडक्रस कास्की बाट अर्जुन ज्ञावलि ले शुभकामना मन्तव्य दिनु भएको थियो ।