पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला ढाका थाना क्षेत्र अन्तर्गत फूलवरीया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरी रहेका छन् ।
स्रोत नखुलेको पाँच लाख नेपाली रुपैयाँ सहित चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिएका छन्।
सीमावर्ती भारतीय बजार बैरगनियाबाट मोटरसाइकलमा गौर आएका चौधरीलाई अस्थायी प्रहरी पोस्ट महादेव पट्टीको टोलीले चेकजाँच गर्दा उनले बोकेको नाइलनको झोलामा ५ सय थानको नेपाली ५ लाख रुपैयाँ बरामद भएको डिएसपी रायले बताए ।
आइतबार साँझ चौधरीले बोकेको झोलामा फेला परेका उक्त रुपैयाँको कुनै स्रोत नखुलेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बरामद भएका उक्त रुपैयाँ र मोटरसाइकल सहित भारतीय नागरिक चौधरीलाई जिल्ला प्रहरी कार्यालय गौरको हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख छ।