Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ओभर ट्याक गर्ने क्रममा यात्रुवाहक बस दुर्घटना : एकको ज्यान गयो, ७ जना घाइते - Brighter network


आश्विन २४, काठमाडौँबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको प्रदेश ३–०१ –००६ ख ४८४३नम्बरको यात्रुवाहक बस दोलखाको भीमेश्वर नगरपालिका -८ चरङ्गेमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ७ जना घाइते भकाएका छन् ।


जिल्ला प्रहरी कार्यालय दोलखाले घाइतेको उद्धार गरी घाइते लाई उपचारको लागि दोलखा सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पतालमा पुराएकोमा अस्पताल रामेछाप जिल्ला उमा कुण्ड ६ का २२ वर्षीय लोक बहादुर श्रेष्ठको मृत्यु भएको हो ।


गुप्तेश्वर का २२ वर्षीय धन बहादुर खड्काको अवस्था गम्भीर रहेको र बाँकी छ जनाको अवस्था सामान्य रहेको सामुदायिक अस्पताल चरिकोटले जनाएको छ । उनीहरू खतरा मुक्त रहेको अस्पतालले जनाएको छ ।


अन्य घाइतेलाई चरिकोट स्थित सामुदायिक अस्पतालमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ।


बागमती प्रदेश ३ -०१- ०० २४ च ७५१५ नम्बरको ईकाे भ्यानलाई ओभरट्याक गर्ने क्रममा बस सडकमै दुर्घटना भएको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom