Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पूर्वी नवलपरासीमा जुवाखालबाट पाँचजना पक्राउ - Brighter Network


आश्विन २८, पूर्वी नवलपरासीमा जुवा खेल्दै गरेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीको विशेष टोलीले गएराति साढे ८ वजे एकलाख ४ हजार ५ सय ९५ रुपैया नगद सहित पाँचजनालाई पक्राउ गरेको हो ।


कावासोती नगरपालिका वडा नं. २ हिमालचोक स्थित एक घरमा जुवा खेलिरहेका उनिहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक जेसी शाहले जानकारी दिनुभयो ।


पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom