Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कारले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु - Brighter Network


असोज २१ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी– ८  चिसाङपुल नजिकै आइतबार साँझ भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका एक प्रहरी जवानको मृत्यु भएको छ  ।


मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेaश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार प्रहरी जवान चित्र सागर राईको मृत्यु भएको हो । 


३३ वर्षीय राई अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत हुनुहुन्थ्यो । सङ्खुवासभाको सिलिचुङ गाउँपालिका–२ स्थायी घर भएका राईलाई गम्भीर अवस्थामा विराटनगरको कोशी अस्पताल  पुर्याइएको थियो । तर, अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेको थियो । शव पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । 


प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ । 


Top Post Ad

post bottom ads

Ads Bottom