Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुई वटा यात्रुवाहक बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा आठ जना घाइते - Brighter Network


आश्विन २८, दोलखाको वैत्यश्वर गाउँपालिका – ६ गोपीखोलामा   दुईवटा यात्रुबस एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।


आइतबार दिउँसो करिब ४ बजे पुष्पलाला सडक खण्डमा काठमाण्डौबाट रामेछाप तर्फ जादै गरेको वा ५ख ५६३१ नम्बरको अरनिको बस र ओखलढुङगाबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.३०१००५ ख ३९५६ नम्बरको बस एक आपसमा ठोक्किंदा दुई चालक सहित आठजना यात्रु घाईते भएकाे जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएको छ।


घाईते  भएकाहरुलाई अहिले उपचारका लागि सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पताल उपचार भईरहेकाे छ। घाइतेहरू खतरामुक्त रहेकाे अस्पताल साे्तले जनाएको छ।घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom