Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अर्जुनचौपारी पोखरा बचत तथा ऋण सहकारी संस्थाको छैटौँ साधारण सभा सम्पन्न - Brighter Network


पोखरा - अर्जुनचौपारी पोखरा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो छैटौँ साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष डा.भवानी शङ्कर पौडेलको अध्यक्षतामा शनिवार आयोजित सभामा संविधानसभा  सदस्य राजु थापाको  प्रमुख आतिथ्य तथा गण्डकी प्रदेश सभा सदस्य एवम् सार्वजनिक लेखा समिति सदस्य सुधीर पौडेलको  विशिष्ट आतिथ्य साथै अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी सँगै अर्जुनचौपारी पोखरा सम्पर्क समाजका अध्यक्ष जमुना काफ्ले चापागाईँको विशेष आतिथ्य र अन्य सहकारीकर्मीहरुको आतिथ्यमा सम्पन्न भएको हो ।

साधारण सभामा प्रमुख अतिथि थापाले गरिबी निवारणमा सहकारी संस्थाले गरेको योगदानको प्रशंसा गरे । उनले ठुला- ठुला आन्दोलनले जसरी राजनीति संरचना परिवर्तन हुँदै आए त्यसै गरी राष्ट्रको सुगम देखी दुर्गमसम्म सहकारीले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए  ।

सभामा विशिष्ट  अतिथि पौडेलले सहकारी संस्थाहरू वित्तीय क्रियाकलापमा मात्र सीमित नरही विभिन्न सामाजिक क्रियाकलाप पनि लाग्नु पर्ने बताए । उनले खस्कँदै गएको सामाजिक सद्भाव र एकतालाई बढाउने र एक अर्काप्रतिको सहकार्यको भावनाको वृद्धि गर्नु पर्ने औँल्याए । 

त्यसतै अर्जुनचौपारी गाउँपालिका अध्यक्ष तिवारीले गाउँका विभिन्न विकास निर्माण सँगै योजना निर्माणमा अर्जुनचौपारीबाट पोखरा आएर बसोबास गर्ने व्यक्तिहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै सहकारीले त्यसमा झनै ठुलो भूमिका खेल्ने बताए । 

त्यसै गरी अर्जुनचौपारी पोखरा सम्पर्क समाजकी अध्यक्ष चापागाईँले गाउँबाट पोखरा आएर विभिन्न उद्देश्यले विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरूको प्रयासले सहकारी अहिलेको अवस्थामा आइपुगेको बताउँदै संस्थाको उच्च प्रशंसा गरिन् । 

त्यसै गरी संस्थाका संस्थापक एवम् निवर्तमान अध्यक्ष हेमनारायण चापागाईँले सञ्चालक समिति सँगै संस्थाका सम्पूर्ण उपसमिति र कर्मचारीको अहोरात्र खटाइले संस्था अहिलेको अवस्था सम्म आइपुगेको बताए । साथै उनले अध्यक्ष , कोषाध्यक्ष र व्यवस्थापकले खराब नियत राखेमा संस्था डुब्ने बताउँदै आफ्नो संस्थामा त्यस्तो नरहेको बताए । साथै उनले भोलिका दिनमा पनि ती समस्या नआउन भन्नका निमित्त सबै चनाखो बन्नुपर्ने बताए । 

संस्थाका शिक्षा उपसमिति संयोजक वकिल गोविन्द काफ्लेले सहकारीका सात सिद्धान्त वाचन गरेको उक्त कार्यक्रममा  उपाध्यक्ष अम्बिका घिमिरेले स्वागत  मन्तव्य राखेका थिए  । 

संस्थाका भावी कार्यक्रमसहितको प्रतिवेदन राख्दै अध्यक्ष डा.भवानी पौडेलले गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिँदै केही थप कार्यक्रमहरूलाई पनि स्थान दिने बताए । 

त्यस्तै पानस सहकारीका अध्यक्ष महेश्वर रिमाल, संस्थाका सल्लाहकार गिरिधारी सुबेदी लगायतले   शुभकामना मन्तव्य दिँदै संस्थाको प्रगतिको शुभकामना व्यक्त  गरे ।

उक्त सभामा संस्थापक एवम् निवर्तमान अध्यक्ष हेमनारायण चापागाईँ , अ.चौ.पोखरा समाजकी अध्यक्ष जमुना काफ्ले चापागाईँ, पूर्व व्यवस्थापक जनकराज काफ्लेसँगै उत्कृष्ट कर्मचारीहरूलाई दोसल्ला र प्रमाणपत्रसहित  सम्मान गरिएको थियो । 

साथै उक्त सभामा पश्चिमान्चल सामुदायिक अस्पताल पोखराको सहयोगमा शेयर सदस्यकोहरूको निशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो । त्यसै गरी  राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका सन्तति र शेयर सदस्यको परिवार मध्येबाट एक जना जेष्ट नागरिकलाई सम्मान गरिएको थियो । 

विभिन्न सङ्घ संस्थामा आवद्ध बहुप्रतिभाका धनि एवम् संस्थाका सचिव गोविन्द सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष विजय कुमार खड्का क्षेत्रीले आव २०८०⁄०८१ को आर्थिक प्रतिवेदन पेस गरे । उनका अनुसार  संस्थाको गत आर्थिक वर्षमा शेयर पुँजी ३ करोड ५४ लाख चार हजार  , बचत १० करोड ५२ लाख ४२ हजार ६ सय ८८ , ऋण लगानी ९ करोड २७ लाख १४ हजार ६ सय ३३, स्थिर सम्पत्ति ३ लाख ८७ हजार ४ सय ८७, संस्थाको आम्दानी २ करोड २ लाख ६८ हजार २ सय ५० र  सञ्चालन मुनाफा ४४ लाख ७ हजार ८ सय रुपैयाँ रहेको छ ।

























Top Post Ad

post bottom ads

Ads Bottom