Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रहरीद्वारा ठूलो परिणाममा अबैध मदिरा सँगै कच्चा पदार्थ नष्ट - Brighter Network


आश्विन ५, जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले ठूलो परिणाममा अबैध मदिरा तथा कच्चा पदार्थ बरामद गरेर नष्ट गरेको छ ।


प्रहरीले रेसुङा नगरपालिकाका विभिन्न स्थानबाट घरेलु मदिरा बनाउन तयार गरिएको कच्चा पदार्थ ६ सय ५५ लिटर, तयारी मदिरा १ सय ६२ लिटर र मर्चा छ किलो बरामद गरेको थियो ।


अबैध घरेलु मदिरा उत्पादन गरेर बिक्रीवितरण गरेको स्थानीयको गुनासोको आधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राम कुमार केसीले बताउनुभयो ।


उहाँले मदिराले शारीरिक तथा मानसिक रुपमा र समाजमा समेत ठूलो असर पर्ने भएकाले स्थानीयकै गुनासोको आधारमा मदिरा नियन्त्रण गरिएको बताउनुभयो ।


बरामद गरिएको मदिरा र कच्चा पदार्थलाई सरोकारवालाको उपस्थितिमा रेसुङा नगरपालिका-७ को डम्पिङ साइडमा ब्याबस्थापन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियानलाई कढाइका साथ अगाडी बढाउने अभियान सञ्चालन गर्ने जनाएको छ ।


मदिराले झै–झगडा लगायत अन्य विभिन्न खालका नकारात्मक समस्याहरु उत्पन्न गराउने भन्दै प्रहरीले घरेलु मदिरा नियन्त्रणमा चासो देखाउदै आएको छ ।


घरेलु तथा सामाजिक अपराधका घटनाहरुमा मुख्य गरि मदिराको कारण बन्ने गरेकाले पनि अबैध मदिरालाई प्रहरीले नियन्त्रण गर्दै आएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom