Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फलामको पोलमा विद्युत् सर्ट भएर करेन्ट लाग्दा दुई बालिकाको ज्यान गयो - Brighter Network


असोज २६ गते । मकवानपुरमा करेन्ट लागेर दुई जना बालिकाको मृत्यु भएको छ । 


जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार करेन्ट लागेर बारा निजगढ नगरपालिका १ बस्ने नौ वर्षीया बालिका र हेटौँडा–१६ बस्ने ७ वर्षीया बालिकाको मृत्यु भएको हो । मृतकको शनाखत हुन बाँकी रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।


हेटौँडा–१६ चिसापानीबाट दुई सय मिटर पर कबर्ड हल छेउमा ११ केभीको पिन इन्सुलेटर भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट भई पोल हुँदै पोलको फेदमा जमेको पानीमा प्रवाह भएको करेन्ट लागेर दुई बालिकाको मृत्यु हो । करेन्ट लागेर गम्भीर घाइते दुवैजनाको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom