पोखरा - कास्की प्रहरीले अवस्था ठिक नभएका ३५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
कात्तिक १४ र १५ गते जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा सवारी साधन चेकजाँच गर्दा अवस्था ठिक नरहेका मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो ।
अवस्था ठिक नरहेका सवारी साधनमा सवारी गरी चर्को आवाजमा ध्वनि प्रदूषण गर्ने ३५ वटा मोटरसाइकलहरू नियन्त्रणमा लिई ट्राफिक कारबाही गरिएको कास्की प्रहरीले जनाएको छ ।
कसैले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि कास्की प्रहरीले अनुरोध गरेको छ ।