Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठमाडौँबाट छुटेको यात्रुबाहक बस महेन्द्रझ्याडीमा दुर्घटना हुँदा दुई जनाको ज्यान गयो २८ घाइते - Brighter Network


असोज २१ गते । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै निधन भएको छ । साथै २८ जना घाइते भएका छन् र घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । 


सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माका अनुसार दुई जनाको निधन भएको छ भने २८ जना घाइते भएका छन् र छ जनाको अवस्था गम्भीर छ । घाइतेको उपचार सिन्धुलीमाडीमा रहेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । कतिपय घाइतेलाई धरान पठाउने तयारी भइरहेको छ । 


सो बस काठमाडौँबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको यात्रुवाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आइतबार दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको थियो। 

Top Post Ad

post bottom ads

Ads Bottom