Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठमाडौँबाट छुटेको यात्रुबाहक बस दु'र्घ'टना , नौ जना घाइते - Brighter Network


मङ्सिर ०१, रुकुम पश्चिमको आठविसकोट नगरपालिका -११, रिठा स्थित भेरि करिडोरमा आज भएको बस दुर्घटनामा नौ जना घाइते भएका छन् । काठमाडौँबाट राडीतर्फ आउँदै गरेको प्र.०१००५ ख ९९६६ नम्बरको बस दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् ।


जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज पोखरेलका अनुसार घाइते हुनेमा धादिङ खाग्री गाउँपालिका -१, बस्ने ३१ वर्षीय खड्क बहादुर तामाङ, सोही गाउँपालिकाका २८ वर्षीय भीम बहादुर भुलन, भीमेश्वर नगरपालिका -७, दोलखाका २६ वर्षीय प्रकाश मगराठी रहेका छन् ।


त्यस्तै आठबिस्कोट नगरपालिका -९, का ३१ वर्षीय प्रकाश गौतम, नलगाड नगरपालिका -८ का भिम कुमारी चँदारा, सोही वडाका वर्ष १० को मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका ५ बस्ने बर्ष २८ को आकाश काफ्ले, आठविसकोट नगरपालिका ११, का १७ वर्षीय गणेश रसाइली र जाजरकोट नलगाड नगरपालिका -१२ बस्ने बर्ष २५ कि सङ कुमारी बिक रहेका छन् ।


दुर्घटना लगत्तै घाइते सबैजनालाई उद्धार गरेर नगर अस्पताल आठबिसकोटमा पठाइएको प्रहरीले बताएको छ । दुर्घटनाग्रस्त बस सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom