बिहीबार साँझ ६ बजेतिर नारायणी नदीको किनार मध्यविन्दु १५ को कोलकट्टा क्षेत्रको किनारमा माछा मार्ने बोटेहरुले उहाँको शव देखेर प्रहरीलाई खबर गरेका थिए । उहाँको शव राति नै मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याई पोष्टमार्ट गरिएको र शव विपनाकै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो ।
क्याम्पसबाट कक्षा ११ र १२ का विद्यार्थी पिकनिक खान कात्तिक १२ गते तनहुँको बन्दिपुर गएर फर्कदै थिए । फर्कने क्रममा नारायणघाट–बुटबल सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न भनेर गएकी विपना त्यसपछि वेपत्ता हुनुभएको थियो । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।