आगलागीबाट जल्दा ११ लाख चार हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागीमा गुरुङको तीन तले दुई वटा कच्ची घर तथा घरमा भएका दुई तोला सुन, सात वटा तामे गाग्री, छ वटा तामे खड्कुला जलेको बताइएको छ ।
त्यस्तै, १० मुरी मकै, एक मुरी चामल, एक मुरी भटमास, एक मुरी आलु, नगद १० हजार, लत्ताकपडा, भाँडावर्तन लगायत जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले बताउनुभयो । आगलागीमा गुरुङको गोठ पनि जलेको छ ।
भुपु प्रहरी हवल्दार रहेका गुरुङको तीन घरमध्ये दुई घर जलेको छ । हाल गुरुङ परिवार आगलागीबाट जोगिएको घरमा बस्नु भएको छ । अगेनामा खाजा पकाउन आगो बालेर बाहिर गएका बेला घरमा आगो सल्किएको स्थानीयले बताएका छन् । घरमा लागेको आगो प्रहरीचौकी डुम्रे धारापानीका प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् ।