जिल्ला प्रहरी कार्यालय डोटीले उपलब्ध गराएको सूचनाअनुसार दिपायल सिलगढी नगरपालिका –३ दिपायलका लोकेन्द्र भुलकी नौं वर्षीया छोरी रजनी भुलको पौडी खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिई उपचारका लागि सुजङ्ग अस्पतालमा भर्ना गरिएकोमा बुधवार साँझ उप्रेसन गर्ने क्रममा औषधीको रियाक्सनले मृत्यु भएको हो ।
अप्रेसन थिएटरमा राखेर बेहोस बनाउने क्रममा औषधीको रियाक्नले बालिकाको ज्यान गएको बताइएको छ । उपचारका क्रममा चरम लापरवाही भएको आरोपमा अस्पतालमा कार्यरत चिकित्सकहरु डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अबिशेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपचारका क्रममा बालिकाको ज्यान गएको सुजङ्ग अस्पतालका प्रमुख अर्जुन बलायरले बताउनुभयो ।