पोखरा , कास्की प्रहरीले जुवा तास खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं.१६ अमरदिप स्थित गौमाया गुरुङले आफ्नै घर कोठा भित्र जुवा तास खेलाई रहेको अवस्थामा ७ जनालाई प्रहरीले एक लाख बाह्र हजार नब्बे रुपैयाँ र २१२ पत्ति तास सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा म.न.पा. वडा नं. १६ दीप बस्ने वर्ष ४० को कृष्ण गुरुङ, पोखरा म.न.पा. वडा नं. ८ सिमलचौर बस्ने वर्ष ६४ को गौमान गुरुङ, वडा नं. १६ अमर दीप बस्ने वर्ष ४५ की गौमाया गुरुङ , सोही स्थान बस्ने वर्ष ३८ की जुनिता भट्टचन , वडा नं. ८ सिमलचौर बस्ने वर्ष ४८ की रुपा गुरुङ ,वडा नं. १३ पाटनबेशी बस्ने वर्ष ४० को हेमजार गुरुङ , वडा नं. २७ अर्घौचोक बस्ने वर्ष ४६ को बुद्धि बहादुर गुरुङ रहेको कास्की प्रहरीले जनाएको छ ।
निजहरूलाई नियन्त्रणमा लिई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दश दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।