कात्तिक १८, दाङमा जुवाको खालबाट एक लाख ३३ हजार नगद सहित १० जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा निवासी देवबहादुर वलीको घरमा जुवा खेलिरहेको गोप्य सूचनको आधारमा प्रहरीले छापा पारेको थियो ।
सो क्रममा जुवाको खालबाट एक लाख ३३ हजार एक सय १० रुपैयाँ नगद सहित दश जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय नारायाणपुरको संयुक्त टोलीले छापा मारेको थियो । प्रहरीले नगदसहित जुवा खेल्नको लागि भुईमा ओछ्याएको निलो बुट्टेदार गलैचा एक थान र कौडा १७ थान बरामद गरेको छ ।