बुटवलको सुप्रिम वचत तथा ऋण सहकारीको बचत रकम अपचलन प्रकरणमा संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देही ल्याइएका लामिछानेको बयान सकिएपछि आज कास्की ल्याइएको हाे।
बिहान पाैने ८ बजे नै कास्की लगिने तयारी भएपनि माैसम खराबीका कारण बिमानस्थल खुल्न नसक्दा दिउँसो पाैने २ बजेमात्र पोखरातर्फ विमानबाट ल्याइएको रूपन्देही प्रहरीले जनाएको छ।
गत मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबारदेखि नै नियमित बयान लिइरहेको थियो ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।