पोखरा , कात्तिक २३ गते । पोखरा महानगरपालिका वडा नम्बर १५ मा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा वि ले हरियोखर्क अस्पताललाई सहयोग स्वरूप विशेष प्रकारको ह्विलचियरहरू प्रदान गरेको छ ।
पोखरा १५ मा अवस्थित हरियोखर्क अस्पताल एवम् पुनर्स्थापना केन्द्रलाई विद्यालयले मेरुदण्डको पक्षाघात र मष्तिस्कघात भएका बिरामीहरूको लागि अति उपयोगी हुने विशेष प्रकारको ह्विलचियरहरू उपहार स्वरूप प्रदान गरेको हो ।
कार्यक्रममा सामाग्री प्रदान गर्दै विद्यालयका संस्थापक निर्देशक मोतीराम गुरुङले पुनर्स्थापनाकोको क्षेत्रमा अस्पतालले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो ।
त्यस्तै विद्यालयका सह संस्थापक बलबहादुर गुरुङले उक्त अवसरमा अस्पताललाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
अस्पताल प्रशासक हरि घिमिरेले सहयोग गर्ने मेरिगोल्ड परिवारलाई धन्यवाद व्यक्त गर्दै अस्पतालले हाल सम्म प्रदान गर्दै आएका सेवाहरूको बारेमा प्रस्ट पार्नुभयो ।
अस्पतालका प्रोजेक्ट अफिसर निरुपमा पोखरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालय संस्थापक निर्देशक मोतीराम गुरुङ, संस्थापिका चन्द्रा कुमारी गुरुङ , प्राचार्य शर्मिला गुरुङ , सह संस्थापक बल प्रसाद गुरुङ , सह संस्थापिकाद्वय दुर्गा गुरुङ र सृष्टि गुरुङ साथै अस्पतालका अस्पताल प्रशासक हरि घिमिरे, फिजिकल मेडिसिन एवम् पुनर्स्थापना विशेषज्ञ (PM&R Physician-Physiatrist) डा.जस बहादुर गुरुङ ,स्पीच थेरापिष्ट तथा फिजिकल मेडिसिन एवम् पुनर्स्थापना सेवा संयोजक सराह रिग्स्बी , एडमिन अफिसर दिवस कुवर , P&O प्राबिधिक शोभा कान्त शर्मा लगायतको उपस्थिति रहेको थियो ।