दुवै हातखुट्टा, अनुहारमा चोट लागेर घाइते भई बिर्तासिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि बिएन्डसी अस्पताल लगिएकोमा शनिवार राति ८ः१५ बजे उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
शनिवार साँझ अन्दाजी ६ बजे बिर्तामोड–२ रामचोकस्थित पूर्वपश्चिम राजमार्गमा चारपानेबाट मुक्ति चोकतर्फ आउँदै गरेको ना. ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे. १० प ६०१७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
स्कुटरको पछाडि बस्ने सोही ठाउँकी २८ वर्षीया सरिता राउत सामान्य घाइते भएकी छन् । दुर्घटनापछि स्कुटर, ट्रक र ट्रक चालक अर्जुनधारा–९ बस्ने ५२ वर्षीय राजकुमार कार्कीलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।