पोखरा, मङ्सिर ७ गते। कास्की प्रहरीले स्वरूप परिवर्तन गरी चलाएका २३ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
मङ्सिर महिनाको पहिलो साता जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा सवारी साधन चेकजाँच गर्दा अवस्था ठिक नरहेका सवारी साधनमा जाँच गरी चर्को आवाजमा ध्वनि प्रदूषण गर्ने २३ वटा मोटरसाइकलहरूलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई आवश्यक कारबाईको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गरी मोटरसाइकल नचलाउन अनुरोध समेत गरेको छ । यदि कसैले चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि प्रहरीले अनुरोध गरेको छ।