Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु - Brighter Network


मङ्सिर १२, बलरा नगरपालिका ९, अचलगढमा  आज खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

 ४० वर्षीय रुसतम साहको दुर्घटनामा मृत्यु भएको हो ।

‘अन टेष्ट’ ट्याक्टर अनियनित्रत भई पल्टिँदा चालक साहको ट्याक्टरमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तत्कालै स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढ ल्याएपनि त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बलराले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom