प्रदेश २ को ९९४२ नम्बरको मोटरसाईकल दुर्घटनामा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका स्थायी घर भई हाल तनहुँको व्यास नगरपालिका –२ दमौली बस्ने वर्ष २२ का सुमित साहको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल अनियन्त्रित भई नालामा खसेको आइतबार बिहान स्थानीयले देखेपछि उद्धार गर्न जाँदा मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिनुभयो ।
रातको समयमा सवारी चलाउने क्रममा अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेर मृत्यु भएको अवस्थामा फेला पारिएको र घटनाको विस्तृत विरण आउन बाँकी रहेको पासवानले जानकारी दिनुभयो ।
घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथमा रहेको परिचयपत्रमा व्यास नगरपालिका –१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा बिबिए तेस्रो वर्षमा अध्ययरत रहेको खुलेको प्रहरी निरीक्षक पासवानले जानकारी दिनुभयो ।