Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गैरकानुनी रुपमा भारत हुँदै नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ - Brighter Network


मङ्सिर ११ गते । गैरकानुनी रुपमा भारत हुँदै नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले शुद्धोधन गाँउपालिका ५ घिराउजोतबाट पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार भारतीय सिमाबाट नेपालतर्फ गैरकानुनी रुपमा भारतको सिद्धार्थनगर जिल्ला कक्रहवाका २३ वर्षीय अवबाज शेषले गाईड गर्दै ल्याएका दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको हाे ।


पक्राउ पर्नेमा २३ वर्षिय लिगुईएन्वुई र ३५ वर्षिय एक्सटीयो रहेको उहाँले बताउनुभयो । पक्राउ परेका लिगुईएन्वुईसँग चिनियाँ पासपोर्ट रहेको र एक्सटीयो सँग चिनियाँ पासपोर्ट नभएको अधिकारीले बताउनुभयाे । लिगुईएन्वुईको साथबाट दुई थान ल्यापटप, ६ थान विभिन्न कम्पनीका मोबाइल, चौध हजार सात सय पचास भारतीय रुपियाँ समेत फेला परेको प्रहरीले जनाएको छ ।


गैरकानुनी रुपमा नेपाल प्रवेश गर्ने तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी सामानसहित अध्यागमन कार्यालय बेलहिया रुपन्देही पठाइएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom