Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रुखको हाँगा काट्ने क्रममा त्यही रुखको अरिँगालले टोकेर एक जनाको ज्यान गयो - Brighter Network


मङ्सिर ७ गते । घरछेउको रुखमा बसेको अरिँगालले टोकेर इलामको सूूर्योदय –९ पान्दाममा एक जनाको ज्यान गएको छ । घर छेउको रुखको हाँगा काट्ने क्रममा त्यही रुखमा गोलो बनाएर बसेको अरिँगाल बिच्किँदा स्थानीय ५० वर्षीय शुुक्रराज राईको ज्यान गएको सूूर्योदय –९ का वडाध्यक्ष देवेन्द्र शर्मा आचार्यले बताउनुभयो । 


गएको कात्तिक २६ गते १५–२० वटा अरिँगालले राईलाई टोकेका थिए । राईलाई उपचार गर्न ढिलो भएका कारण मृत्युु भएको बताइएको छ । अरिँगालको टोकाइले सुन्निएको शरीर नघटेपछि राईलाई केही दिनअघि झापाको मनमोहन सामुदायिक अस्पताल लगिएको थियो ।


त्यहाँ पनि उपचार हुुन नसकेपछि विराटनगरस्थित विराट नर्सिङहोम पुर्‍याएकोमा गए राति राईको मृत्यु भएको वडाध्यक्ष आचार्यले जानकारी दिनुुभयो ।अरिँगालको टोकाइका कारण राईको किड्नी, मुुटुुमा समस्या भएको र मस्तिष्कघात समेत भएको अस्पतालले जनाएको आचार्यले बताउनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom