कात्तिक १६ गते । सर्लाहीको धनकौलमा दीपावलीका लागि विद्युतीय बत्ती जडान गर्नेक्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनकौल गाउँपालिका–२, का ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर मृत्यु भएको हो ।
बिहीबार घरको छतमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका जितेन्द्रलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाही प्रहरीका प्रमुख (एसपी) रविन्द्रबहादुर सिंहले धनकौलको यो घटनाबाहेक जिल्लाभर लक्ष्मीपूजा अर्थात् दीपावलीमा कुनै प्रकारका अप्रिय घटना नभएका जानकारी दिनुभयो ।